काठमाडौ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमको सचिवमा केदार न्यौपाने आउने भएका छन् । उक्त मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम सरुवा भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव भएपछि न्यौपाने आउने पक्का भएको हो ।
आइतबार बसेका मन्त्रीपरिषद बैठकको निणर्यले न्योपानेलाई उक्त मन्त्रालयमा सचिवको जिम्मेवारी दिने निणर्य गरेको हो । न्यौपाने यस अघि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए । सहकारी विभागको रजिष्ट्रार समेत रहेका न्यौपाने मन्त्रालयमा आएपछि सहकारी क्षेत्र उत्साहित भएका छन् ।
Leave a comment