हाइलाइट

राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी

राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघले ६३ औं राष्ट्रिय सहकारी दिवस २०७६ को नारा तय गरेको छ । संघको बैठकले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने नारा तय गरेको हो । बैठकले २०७६ को चैत २० गते ७७ वटै जिल्लामा सहकारी दिवस मनाउन समेत आव्हान गरेको छ । मर्यादित श्रम र पर्यटनको विकास र विस्तारका लागि सहकारीबाट योगदान बृद्धि गर्ने उद्देश्यले थिम तय गरिएको महासंघका अध्यक्ष मिनराज कँडेलले बताए ।

बैठकले महासंघले प्रत्येक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट सहकारी संघ / संस्था पुरस्कारका लागि आवेदनदिने म्याद फागुन २० गते सम्मका लागि थप गरेको छ । नेपालमा हरेका वर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउँदै आएको छ । चितवनमा २०१३ साल चैत्र २० गते पहिलो सहकारी, बखान सहकारी संस्था स्थापना भएको मानिन्छ । देशमा हाल ३५ हजार सहकारी संघ संस्था स्थापना भएका छन् ।



Leave a comment