हाइलाइट

पिँढीमा रहेका मानिसलाई कौसीमा पुर्याउनेकाम सहकारीको हो : मन्त्री अर्याल

पिँढीमा रहेका मानिसलाई कौसीमा पुर्याउनेकाम सहकारीको हो : मन्त्री अर्याल :: Sahakari Akhabar

तनहुँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानलाई गरिव मान्छेलाई धनी बनाउने अभियानका रुपमा परिचालन गर्नुपर्ने बताएकी छन् ।

व्यास ३ दमौलीस्थित व्यास बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवस तथा नवनिर्मित भवनको बुधबार उद्घघाटन गर्दै मन्त्रि अर्यालले सहकारीमार्फत् गरिवी निवारणमा टेवा र्पुयाउनुपर्ने बताएकी हुन् । उनले भनिन् ‘सहकारी आन्दोलनले पिँढीमा रहेका मानिसलाई कौसीमा पुर्याउने लक्ष्यका साथ अगाडि बढाउनुपर्छ ।’

सरकार र सहकारी सँगसँगै साझेदारीमा अगाडि बढ्ने उनको भनाई छ । सहकारीमा लगानी गरेको सदस्यको विश्वासलाई गुम्न दिन नहुने अर्यालले बताइन् । सहकारी संस्था धेरै भएकाले गुणस्तरीय बनाउनका लागि मन्त्रालय मर्ज गरेर थोरै बनाई कार्यक्षेत्र बढाउने लक्ष्यका साथ अगाडि बढेको उनले बताइन् ।

सहकारी जनताको घर घरमा पहुँचमा भएको संस्था हो । यस्तो अरु कुनै संस्था नभएकाले जनस्तरसम्म विस्तार गर्न जरूरी छ । अब सहकारीमा महिला र युवाको सहभागिता संख्या लाई बढाउनुपर्ने उनको भनाइ थियो । सहकारीले आर्थिक क्रान्तिको लागि गरिवी निवारण गर्ने गरी लगानी गर्नुपर्ने उनले बताइन् ।

 



Leave a comment