हाइलाइट

उद्यम गर्नेहरुका लागि लघु वित्त कर्जा प्रदान गरिने

उद्यम गर्नेहरुका लागि लघु वित्त कर्जा प्रदान गरिने :: Sahakari Akhabar

बागलुङ : चारतारे युवा क्लव सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले लघुवित्त कर्जा उद्यम गर्ने हरुकालागि भएको बताएका छन् । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्षमामा सञ्चालीत केन्द्र व्यवस्थापन तालिमको अन्तिम दिन संस्थाको शाखा कार्यालय बागलुङले आयोजना गरेको कार्यक्रममा पौडेलले उक्त कुरा बताएका हुन ।

पौडेलले पछिल्लो समयमा लघुवित्त कार्यक्रम सिद्धान्त विपरीत अगाडि वढिरहेको बताउदै सदस्यहरु धैरै संस्थामा बस्ने सबैबाट ऋण निकाल्ने र त्यसको सदुपयोग नगर्ने खालका प्रबृत्तिले गर्दा गरिवी न्यूनीकरणका लागि सञ्चालीत लघुवित्त कार्यक्रम गलत दिशामा गईरहेको बताए । उनले आगामी दिनमा लघुवित्त कार्यक्रमलाई नयाँ र फरक शैलीबाट सञ्चालन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा संस्थाकोे कुश्मिसेरा शाखाका प्रवन्धक रेनु खड्का, उत्कृष्ट केन्द्रहरुको तर्फबाट केन्द्र ५१ का प्रमुख बसुन्धरा थापा, सफल उद्यमीहरुको तर्फबाट केन्द्र ४३ का सदस्य मेनुका खड्का लगाएतले मन्तव्य राखेका थिए । केन्द्र व्यवस्थापन तालिमकै अवसरमा शाखा कार्यालय अन्तर्गत उत्कृष्ट प्रथम, द्धितीय र तृतीय केन्द्र, उत्कृृष्ट बचतकर्ता र उत्कृष्ट उद्यमी सदस्य सम्मान गरिएको थियो ।



Leave a comment