Type: सहकारी निकाय
State: बाग्मती प्रदेश ३
District: ललितपुर
City: पुल्चोक, ललितपुर, नेपाल
Address: पुल्चोक, ललितपुर, नेपाल
Email: coopdesk@gmail.com
Phone: 015010131
Phone: ------------
Website: http://ncdb.org.np/np/
२०४६ सालको राजनैतिक परिवर्तन पश्चात सहकारी क्षेत्रलाई विश्वव्यापी मूल्य, मान्यता अनुरुप संचालन गर्ने उद्देश्यले तत्कालीन सरकारद्घारा २०४८ साल भाद्र १५ गते राष्ट्रिय सहकारी विकास ब्ाोर्डको गठन भएको हो । ब्ाोर्डलाई तत्कालीन अवस्थामा देशको सहकारी आन्दोलनको नीतिगत आधार, संगठनात्मक स्वरुप र ढाँचा, यसको परिचालन तथा सहकारी आन्दोलनको कार्यक्रम तयार गरी ग्रामीण स्तरदेखि राष्ट्रिय स्तरसम्मको संगठन खडा गर्ने, आवश्यक ऐन नियम र विनियमहरु त्था अन्य पर्ूवाधार तयार गर्ने मुख्य जिम्मेवारी प्रदान गरिएको थियो । २०१८ सालमा र्सवसाधारण जनतालाई सेवा लगायत विविध किसिममा सुविधा पुर्याउने उद्देश्यले स्थापना भएको तत्कालीन साझा केन्द्रको दायित्व र सम्पत्ति राष्ट्रिय सहकारी विकास बोर्डमा सारिएको थियो ।
त्ाोकिएको कार्य जिम्मेवारी अनुरुप बोर्डले सहकारीको अन्तराष्ट्रिय मुल्य मान्यता र सिद्धान्त अनुसारको सहकारी ऐन, नियमको मस्यौदा तयार पारी सरकार समक्ष प्रस्तुत गर्यो । सोही अनुरुप वर्तमान सहकारी ऐन, २०४८ र नियमावली २०४९ जारी भयो र जस अनुसार हाल बचत तथा ऋण, दुग्ध, उपभोत्ता, कृषि, विद्युत, तरकारी तथा फलफुल, चिया, कफी, मौरी, जुनार, उखु, स्वास्थ्य, सञ्चार, जडिबुटि, वहुउद्देश्यीय र राष्ट्रिय सहकारी बैंक लगायत विभिन्न विषय र प्रक्रितिका करिब २३ हजार सहकारी संघ संस्थाहरु स्थापना भै संचालनमा रहेका छन । यसका अतिरित्त बोर्डले तत्कालीन समयमा कृषि विकास बैंक र सहकारी बीचको हरहिसाब छानविन, नयाँ ऐन, नियम बारे जानकारी गराउन देशभर प्रशिक्षण तथा गोष्ठी संचालन, सहकारी संघ संस्था संचानलका लागि आवश्यक पर्ने विभिन्न पाठ्यसामग्री तथा आर्थिक प्रशासनिक नमुना विनियमहरु तर्जुमा, सहकारी बंैक स्थापनासम्बन्धी प्रस्ताव लगायतका कार्यहरु निर्धारित समयमा नै सम्पन्न गर्यो । बोर्डले सम्पन्न गरेका उल्लेखित महत्वपूर्ण कार्यहरुको प्रभावकारिता तथा आवश्यक्ता महशुस गरि सहकारीको प्रवर्धन र विकासका लागि अन्य मुलुकहरुमा पनि बोर्ड जस्ता उच्चस्तरिय निकायहरु -निगम, प्राधिकरण, परिषढ, बोर्ड) प्रभावकारी रुपमा क्रियाशील रहेको हुँदा तत्कालीन सरकारले निश्चित उद्देश्य र जिम्मेवारी सहित राष्ट्रिय सहकारी विकास बोर्डलाई स्थायी र स्वायत्त निकायको रुपमा स्थापित गर्ने महशुस गर्यो । तदअनुरुप २०४९ साल कार्तिक २१ गते राष्ट्रिय सहकारी विकास बोर्ड ऐन २०४९ जारी भई बोर्डको स्थापना भएको हो ।