एकजना, सहकारी अगुवाको हैसियतमा स्टेजमा रहेको ड्यासबोर्डबाट पिडासहितको भाषणलाई माइकको माध्याबाट चर्को स्वरमा ओकलिरहेका थिए । ड्यासको अगाडी बसेका दर्शकहरुले उनको पिडालाई अनुमान गर्न नसकेपनि कार्यक्रम संचालकले भने उनको तुष सहजै बुझे र आयोजकसंग केही अनुमतिको इशारा गरे ।
आयोजकको मौनस्विकृत बुझेपछि कार्यक्रम संचालकले सहमति जनाए कि ! अव म त्यसै गर्छु । भाषण सहित एकोहोरो गालिका शब्द ओकलेका उनले ठूलो ठूलो आवाजमा मनका कुण्ठा पोख्नलाई शब्द खर्चिरहेका थिए। ड्यासको अगाडी बसेका दर्शकले नबुझे पनि कार्यक्रम संचालकप्रति लक्षित कटाक्ष थियो त्यो उनको ।
किनकी उनको बोल्ने तरिका र शब्दहरुले कार्यक्रम संचालकलाई नै लक्षित गरिएको प्रष्ट थियो । कार्यक्रम संचालक बडो ध्यानपूर्वक त्यसलाई नोटिस गरेर टिपोट गरिरहेका थिए । सायद उनले बक्ताको राम्ररी परिचय गर्न भुलेको हुनुपर्छ र त्यसरी उनी रुष्ट भएका हुन् ।
केहिक्षण अघि भएको उनको गल्तीलाई अव सच्याउनेछन् र फेरि त्यो दोहोरिनदिने छैनन् । शुभकामनाकालागि छुट्याएको छोटो समय उनले आफ्ना तुष पोख्नमै खर्च गरेर थचक्क आफ्नो स्थानमा बसे । भाषण टुङ्याएपछि कार्यक्रम संचालकले पून उनलाई धन्यबाद ब्यक्त गरेर अर्का बक्तालाई शुभकामनाकालागि ड्यासमा निम्त्याए ।
सायद यस अघि उनकालागि यीनै शब्द खर्चन अल्छि गरेका हुनाले यो सजाय भोगेका थिए होलान कार्यक्रम संचालकले । दर्शकले हाई काटिरहेकोमा कसैको ध्यान गएको थिएन । उनले उनै बक्ताको तारिफमा संगालेका शब्द खर्च हुन बाँकीनै थिए ।
शुभकामनाकालागि तोकिएका बक्ताहरुको लिष्ट सकिएपछि कार्यक्रम संचालकले उनीहरुलाई मायाको चिनो बितरणकालागि कायक्रमका सभापतिलाई आग्रह गरे । कार्यक्रम संचालकले क्रमैसंग अतिथिहरुलाई बोलाए । सायद उनले अव सम्बोधनमा यो पटक गल्ती गर्ने छैनन् । उक्त अतिथिको पनि मायाको चिनो लिने बेला आयो, कार्यक्रम संचालकले पहिला सम्बोधनमा छुटेका शब्दहरुले यसरी सम्बोधन गरे ।
आदरणिय, अग्रज, अभिभावक, विशिष्ठ, घनिष्ठ, पूजनिय, ढोगनिय महासंघको संचालक, प्रदेशको अध्यक्ष, जिल्लाको कोषाध्यक्ष, विषगतको महासचिव, प्रारम्भिकको सल्लाहकार यस्तै यस्तै भन्दै गए औँशीमा जुन झुल्केझै उनको अनुहारमा चमक आउँदै गयो ।
सायद यस अघि उनकालागि यीनै शब्द खर्चन अल्छि गरेका हुनाले यो सजाय भोगेका थिए होलान कार्यक्रम संचालकले । दर्शकले हाई काटिरहेकोमा कसैको ध्यान गएको थिएन । उनले उनै बक्ताको तारिफमा संगालेका शब्द खर्च हुन बाँकीनै थिए ।
फेरी थप्दै भने हामीले जती बयान गरेपनि उहाँकोलागि कमनै हुने छ, किनकी उहाको योगदान सहकारी क्षेत्रमा धेरै छ । राजनीतिमा धेरै वर्ष झोला बोकेको हुनाले उहाँलाई पार्टीले सहकारीको जिम्मेवारी दिएको छ । उहाँका कारण केहीले पार्टीबाट जनप्रतिनिधिमा लडन टिकट पनि पाएका छन् । एक दर्जन बढी सहकारीकर्मीलाई आफ्नो पार्टीमा प्रवेस पनि गराइसक्नु भएको छ ।
अहिले अरु सहकारीकर्मीलाई पनि पार्टी प्रवेस गराउने महत्वपूर्ण जिम्मेवारी पाउनुभएका हाम्रा अति आदरणिय सहकारी अगुवा ....लाई मायाको चिनो ग्रण गरिदिनुहुन आग्रह गर्दछु । गट्टट तालि बज्यो उनि फुरुङ्ग हुदै मायाको चिनो लिन आयोजकको अघिल्तिर गए । उनका सहयोगीले मोबाइलबाट फोटो खिचिदिए, बेलुका फेसबुकमा फोटो पोष्ट गर्दै उनले लेखेका छन् ‘महत्वपूर्ण कार्यक्रममा सहभागी हुँदा...।’ जय सहकारी ।
Leave a comment