हाइलाइट

सानाकिसान कृषि सहकारी वीरेन्द्रनगरको कोषमा ८३ लाख

सानाकिसान कृषि सहकारी वीरेन्द्रनगरको कोषमा ८३ लाख :: Sahakari Akhabar

काठमाडौं । चितवनको वीरेन्द्रनगरमा रहेको सानाकिसान कृषि सहकारी संस्थाले साउन मसान्तसम्मको वित्तिय बिवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तिय बिवरण अनुसार संस्थामा ८३ लाख ९६ हजार रुपैया विभिन्न कोषमा रहेको जनाएको छ ।

संस्थाले प्रकाशन गरेको बिबरणमा २३ प्रतिशत अर्थात ९ करोड ५३ लाख ३१ हजार रुपैयाँ तरलता रहेको जनाएको छ । संस्थामा ६ करोड ४८ लाख ५३ हजार रुपैयाँ शेयर पूँजी, ४० करोड ६९ लाख १७ हजार रुपैया बचत रहेको जनाएको छ ।

संस्थाले ७४ करोड ७९ लाख ६९ हजार रुपैया सदस्यलाई लगानी रहेको जनाएको छ । संस्थामा ९१ करोड ३८ लाख ९३ हजार रुपैयाँ कूल सम्पति तथा ६ करोड ६६ लाख ५८ हजार रुपैयाँ संस्थागत पूजी रहेको जनाइएको छ । संस्थाका २ हजार ७ सय ८१ जना सदस्य मध्ये १ हजार २६८ जना ऋणी सदस्य रहेको जनाइएको छ ।
 



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000