काठमाडौं । भुरीगाउ बर्दियामा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाले सदस्यको परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।
संस्थाको सकृय सेवाकेन्द्रका सदस्य, राजापुर नगरपालिका वडा नं २ नयागाउँ निवासी बुझौनी थारुको असामयिक निधन भएपछि संस्थाले परिवारलाई राहत उपलब्ध गराएको हो ।
संस्थाले सञ्चालन गरेको म्यादी ऋण बिमा कार्यक्रम बमोजिम मृतक सदस्यको परिवारलाई १० लाख १० हजार रुपैयाँ राहत स्वरूप हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष दुर्गा सापकोटाले जानकारी दिएकी छन् ।
राहत रकम बितरण कार्यक्रममा सकृय सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक तथा सस्थाका सचिव लोकराज ढुगाना, संस्थाका कोषाध्यक्ष लक्ष्मी कुमारी भण्डारा र बालाबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीको उपस्थिति रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेश थापाले जनाए ।
Leave a comment