काठमाडौं । चरिकोट दोलखामा रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २९ औ वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता रहेको सभाको बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जिवराज खड्का र संस्थाका सल्लाहाकार शिवप्रसाद भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
सभामा संस्थाका सचिव अनिल रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष शर्मीला थापाले ९७ करोड ७५लाख ४१ हजार ७८६ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यसैगरी सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक कुष्ण बहादुर थापाले लेखा समितिको प्रतिवेदन र ऋण लगानी उपसमितिका संयोजक सहदेव खड्काले ऋण लगानी उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाको अवसरमा उत्कृष्ट मासिक बचतकर्ताहरु कमला राय, दिपक श्रेष्ठ, उत्कृष्ट दैनिक बचतकर्ता प्रविण थापा, निरा थामी, समिरन श्रेष्ठ, लेख बहादुर तमाङ सम्मानित भएका थिए । त्यसैगरी उत्कृष्ट ऋण कारोबार गर्ने विनोद खुलाल, कमलप्रसाद सापकोटा, नवराज खतिवडा, यशोदा चौहान, उत्कृष्ट मोबाइल बैकिङ प्रयोगकर्ता ज्ञान बहादुर बस्नेतलाई सम्मान गरिएको छ।
यसैगरी वर्ष उत्कृष्ट शेयर सदस्य शुसीला तमाङ, उद्यमी सदस्य रेणु केसी, उत्कृष्ट शेयर खरिदकर्ता समिक्षा ओली र पूर्व सञ्चालक रामकेशरी चर्माकारलाई पनि सम्मान गरिएको छ । साधारण सभाको अवसरमा धुलीखेल अस्पतालको सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५० जना भन्दाबढि शेयर सदस्यहरुले सेवा लिएका थिए ।
त्यसैगरी साधारण सभामा भजन सहित न्यृत्य प्रस्तुत गरिएको थियो । जिल्ला भरि कार्यक्षेत्र रहेको संस्थामा हाल महिला ५ हजार ३ सय ६ जना, पुरुष ४ हजार ६ सय ९९ जना र संस्थागत ३७ वटा गरि १० हजार ४२ शेयर सदस्य, भने ३ हजार ८ सय ३३ जना बाल बचतकर्ता रहेको सभामा जानकारी दिइयो ।
Leave a comment