काठमाडौं । बनेपाको काभ्रेमा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा संस्थाका अध्यक्ष नवीनभक्त बादे श्रेष्ठको सभापतित्व र बागमती प्रदेश सांसद कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
संस्थाको निर्वाचन सहितको सभाले बुद्धरत्न मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरेको छ । सभाले नयाँ कार्यसमितिका उपाध्यक्षमा पुर्ण पोटे, सचिवमा सुरेन्द्र प्रजापति, कोषाध्यक्षमा जितेन्द्र भक्त पोटे चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा गणेश कुमार रंजित, रुकमणि देबि राजभण्डारी, मनोहरी पोटे, लक्ष्मि श्रेष्ठ र सुवनकुमार प्रधान चयन गरेको छ । यसैगरी संस्थाको लेखा सुपरीक्षण समिति संयोजकमा रोशना राजवंशी र सदस्यमा कृष्णेश्वरी श्रेष्ठ र गोपाल श्रेष्ठ निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ ।
Leave a comment