काठमाडौं । कमलामाई नगरपालिका ६, धुराबजार सिन्धुलीमा रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्थाको १८ औ स्थापना दिवस तथा १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । असोज १८ गते आइतवार संस्थाको साधारण सभा तथा बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
सभामा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरु, सल्लाहकारहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष जंगबहादुर राईको सभापतित्व तथा जेष्ठ सदस्य गजेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने सल्लाहकार तथा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको विशेष आतिथ्यता रहेको थियो ।
सभामा अध्यक्ष राईले संस्थाबाट थप सामाजिक उत्तरदायित्व वहन गर्दै वित्तिय सेवा प्रवाह गर्ने प्रतिवद्धता ब्यक्त गरे । सल्लाहकार कोइरालाले संस्थाले ब्यवसायिक तथा सामाजिक काम गरेको भन्दै जिल्लामा सिन्धु साकोसले उत्कृष्ट तथा उदाहरणिय काम गरिरहेको बताए ।
सभामा संस्थाका सचिव जर्नाधन ढकालले संस्थाबाट भएका प्रगती, चालु आर्थिक वर्षका कार्यक्रमलगायतको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको आव ०८२÷०८३ को लेखापरिक्षण प्रतिवेदन रामचन्द्र ढकालले तथा आगामी वर्षको अनुमानित आय ब्यव विवरण संस्थाका कोषाध्यक्ष शिवकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । यसै अवसरमा २०८२ सालको एसइइ परिक्षमा उत्कृष्ट अंक प्राप्त गर्ने सदस्यका छोराछोरी, उत्कृष्ट सदस्इ, कर्मचारी र जेष्ट सदस्यलाई सम्मान गरिएको थियो ।
Leave a comment