हाइलाइट

दुमो साकोसको १७औँ वार्षिक साधारणसभाको इकाई भेलाहरु सम्पन्न

दुमो साकोसको १७औँ वार्षिक साधारणसभाको इकाई भेलाहरु सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बनेपा ४ नाला काभ्रेमा रहेको दुमो बचत तथा ऋण सहकारी संस्थाले १७औँ वार्षिक साधारणसभाको इकाई भेला सम्पन्न गरेको छ । संस्थाले असोज १८ गतेदेखि २० गतेसम्म विभिन्न क्षेत्रमा समूहगतरुपमा सभा सम्पन्न भएको छ।

सदस्यहरूको सहज सहभागिता सुनिश्चित गर्दै स्थानीयस्तरबाटै सुझाव, गुनासा तथा सल्लाह संकलन गरेर इकाइगत सभा सम्पन्न गरेको छ भने माइन्यूट प्रमाणित सभा केहीदिनमा गर्ने जनाएको छ। संस्थाले असोज १८ गते तिनघरे, काफ्लेबोट, अनेकोट र छहरे समूहमा साधारणसभा सम्पन्न गरेको थियो ।

त्यसैगरी असोज १९ गते रविओपी तथा ओपी समूहमा र असोज २० गते बडालगाउँ तथा भमरकोट समूह बिच सभा सञ्चालन गरिएको संस्थाका ब्यवस्थापक दिपक रम्तेलले जानकारी दिए ।

साधारणसभाका क्रममा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, बचत तथा ऋण कारोबार, ऋण लगानी तथा असुली, सदस्यता विस्तार, संस्थागत सुशासन, आगामी योजना तथा कार्यक्रमलगायतका विषयमा छलफल गरिएको जनाइएको छ ।

संस्थाको शेयर पूँजी १ करोड ५५ लाख ५८ हजार ५०० पुगेको छ । संस्थामा १२ करोड २३ लाख ३४ हजार १३२ रुपैंयाँ निक्षेप, ११ करोड ४२ लाख २२ हजार १९१ रुपैयाँ ऋण लगानी रहेको सभामा जानकारी दिइएको थियो । संस्थामा करिब ३ हजार शेयर सदस्य आबद्ध रहेका छ्न ।

संस्थाका अध्यक्ष जीवन मंग्रातीले अनेकोट, छहरे, ओपी र भमरकोट समूहको कार्यक्रमको सभापतित्व गरेका थिए भने संस्थाका सचिव कुमार रम्तेलले काफ्लेबोट र तीनघरे समूहको कार्यक्रमको सभापतित्व गरेका थिए ।

त्यसैगरी उपाध्यक्ष कृष्णमाया मिजार (दुलाल) ले रविओपी र बडालगाउँ समूहको साधारणसभाको सभापतित्व गरेकी थिइन् । सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक रामकृष्ण परियारले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । क्षेत्रगत रूपमा सम्पन्न कार्यक्रम संस्थाका ब्यवस्थापक दिपक रम्तेल र ऋण शाखा प्रमुख सनम बोगटीले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000