विराटनगर । सुन्दरहरैंचा नगरपालिका १ हरैंचास्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी भएको छ । बिहीबार राति ४ लाख ५९ हजार ५ सय ११ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
उक्त संस्थाको भवनको सिसाको झ्याल र ग्रील फोडेर प्रवेश गरी सेफमा रहेको नगद चोरी भएको हो। इलाका प्रहरी कार्यालय हरैंचाको टोलीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया