हाइलाइट

बाराका साना किसान कृषि सहकारीद्धारा भुकम्प पिडितलाई ३ लाख ६४ हजार सहयोग

बाराका साना किसान कृषि सहकारीद्धारा भुकम्प पिडितलाई ३ लाख ६४ हजार सहयोग :: Sahakari Akhabar

काठमाडौं । बारा जिल्लामा रहेका साना किसान कृषि सहकारीहरुले भुकम्प पिडितलाई ३ लाख ६४ हजार सहयोग गरेका छन् । जिल्लाका १५ वटा साना किसान कृषि सहकारीहरुले जिल्ला कृषि सहकारी संघमार्फत एकमुष्ट ३ लाख ६४ हजार ४८३ रुपैंयाँ संकलन गरी सहयोग गरेका हुन् ।

जिल्लाको कृषि संघको समन्वयमा संघमा आवद्ध साना किसान कृषि सहकारी संस्थाले २०८० कार्तिक १७ गते जाजरकोटमा गएको भुकम्पबाट क्षति भएकोले संघमार्फत रकम संकलन गरी नेपाल कृषि सहकारी केन्द्रिय संघमा पठाएका हुन् ।

भुकम्पमा सहयोग गर्ने संस्थाहरुमा साना किसान कृषि सहकारी संस्था डुमरवानाले ७१ हजार १११ रुपैंयाँ, साना किसान कृषि सहकारी संस्था तेतरियाले ५१ हजार १११ रुपैंयाँ, साना किसान कृषि सहकारी संस्था फत्तेपुरले ३५ हजार रुपैंयाँ सहयोग गरेका छन् ।

त्यसैगरी साना किसान कृषि सहकारी संस्था इनर्वाशिराले ३० हजार १५१ रुपैंयाँ, साना किसान कृषि सहकारी संस्था प्रसौनाले २५ हजार ५५५ रुपैंयाँ र  साना किसान कृषि सहकारी संस्था सपहीले २५ हजार ५५१ रुपैंयाँ सहयोग गरेका छन् ।

त्यसैगरी साना किसान कृषि सहकारी संस्था मनहर्वाले २५ हजार रुपैंयाँ, साना किसान कृषि सहकारी संस्था भोडहाले ३० हजार १५१ रुपैंयाँ र साना किसान कृषि सहकारी संस्था छातापिपराले १५ हजार १५१ रुपैंयाँ सहयोग गरेका छन् ।

त्यसैगरी साना किसान कृषि सहकारी संस्था अमावले १० हजार १५१ रुपैंयाँ, साना किसान कृषि सहकारी संस्था सिम्रौनगढले १० हजार १०० रुपैंयाँ र साना किसान कृषि सहकारी संस्था कचोर्वले १० हजार १०० रुपैंयाँ सहयोग गरेका छन् ।

त्यसैगरी साना किसान कृषि सहकारी संस्था मोतीसरले १० हजार १०० रुपैंयाँ, साना किसान कृषि सहकारी संस्था प्रसौनीले १० हजार १०० रुपैंयाँ र साना किसान कृषि सहकारी संस्था हरैयाले ५ हजार १५१ रुपैंयाँ सहयोग गरेका हुन् ।



Leave a comment