काठमाडौं । भक्तपुरको बंगलामुखि बचत तथा ऋण सहकारी संस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मध्यपुर थिमीको शंखधर पार्टी प्यालेसमा सम्पन्न वार्षिक साधारण सभाको उद्घाटन संस्थाकी ज्येष्ठ सदस्य ९० वर्षीया रामदेवी श्रेष्ठले गरेकी थिइन् ।
कार्यक्रममा संचालक समितिको तर्फबाट अध्यक्ष मोहन कृष्ण श्रेष्ठ, सचिव बाल कृष्ण श्रेष्ठ र कोषाध्यक्ष श्याम प्रधानले प्रतिवेदन पेश गरेका थिए । संस्थामा आर्थिक वर्षको अन्त्यसम्ममा ३ हजार ७ सय ५२ जना शेयर सदस्य पुगेको सभामा जानकारी गराइएको छ।
त्यसैगरी १ अर्ब ३४ करोड ३७ लाख ५१ हजार ४ सय २९रुपैंयाँ निक्षेप संकलन तथा १ अर्ब ०३ करोड ५९ लाख ७४ हजार ७ सय ८१ रुपैयाँ ऋण लगानी रहेको साधारणसभामा जानकारी दिइयो । कार्यक्रममा अध्यक्ष मोहन कृष्ण श्रेष्ठले प्रतिवेदन पेश गर्दै हाल ऋण जोखिम व्यवस्था गर्नुपर्दा संस्थाले नोक्सानी व्यहोर्नु परेको भन्दै ऋणिहरुलाई समयमा ऋण तिरी संस्थालाई सहयोग गर्न आग्रह गरे ।
उनले शेयर सदस्यहरुलाई आइपर्ने समस्या तथा सुख दुःखमा संस्था सँधै साथै रहने प्रतिवद्धता ब्यक्त गरे । संस्थाले हाल मध्यपुर थिमीको शंखधर चोक र ललितपुरको ग्वार्कोबाट सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया