काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून) २४ वर्षमा प्रवेश गरेको छ । संघले काठमाडौंमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । संघले असोज २४ गते स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न सहकारी संस्था तथा सहकारी अभियन्तालाई सम्मान गरेको छ ।
संघका अध्यक्ष दिपक पनेरुको सभापतित्वमा सम्पन्न दिवस कार्यक्रममा सहकारी अभियन्ता यज्ञराज ढुंगेल सम्मानित भएका छन् । त्यसैगरी कास्कून पूर्व संचालक सम्मानबाट यो वर्ष संघका पूर्व सचिव शालिकराम पुडासैनी सम्मानित भएका छन् ।
पुरस्कार तथा सम्मान उपसमितिका संयोजक तथा संघका निवर्तमान अध्यक्ष केशव दंगालले संघले २०७४ सालमा १५ औं स्थापना दिवसदेखि सम्मान तथा पुरस्कारको थालनी गरेको जनाए । उनले यस वर्ष कास्कून उत्कृष्ट साकोस सम्मान ज्ञानज्योति महिला उत्थान साकोस शंखमूल, अधिक ब्यवसाय कारोबारमा सहयोग समाज साकोस नयाँ नैकाप, अधिक कारोबार गर्ने बिधामा बाकुमारी साकोस नगाउँ कीर्तिपुर र अधिक सेयर कायम गर्नेमा पोटेन्सियल साकोस धर्मस्थली सम्मानित भएको जानकारी दिएका छन् ।
त्यसैगरी संघको प्रशासन फाँटमा कार्यरत कर्मचारी बिन्दा ढकाल कास्कून उत्कृष्ट कर्मचारी सम्मानबाट सम्मानित भएकी छन् । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष केशव दंगाल, पूर्व अध्यक्ष शुम्भु घिमिरे तथा काठमाडौं जिल्ला सहकारी संघका महासचिव बालकुमार बास्तोलाले शुभकामना मन्तब्य राखेका थिए ।
संघका महासचिव निरञ्जन सेढाईले संचलन गरेको स्थापना दिवस कार्यक्रममा संघका ब्यवस्थापक अरुण तिवारीले संघको विगत र वर्तमान अवस्थाका बारेमा प्रस्तुती गरेको थिए । काठमाडौं जिल्लामा संचालित बचत तथा ऋण सहकारी संस्थाहरुको जिल्ला विषयत संघ कास्कून २०५९ श्रावण १० गते तत्कालिन नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबार गर्न मान्यता प्राप्त ८ वटा सहकारी संस्थाका १२ जना अभियन्ताहरुबाट रवि शम्शेर जबरा अध्यक्ष रहने गरी दर्ता गर्न तदर्थ समिति गठन भएको थियो ।
उक्त तदर्थ समितिको अग्रसरतामा तत्कालीन डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५९ असोज २४ गते संघ दर्ता भएको हो । संघले स्थापना कालदेखि नै अभियानको अभिभावकिय भूमिका निर्वाह गर्दै सदस्य संस्थाहरुको क्षमता विकास, बहस पैरवी, तालिम शिक्षा, वित्तिय समाधान र स्तरीकरणका कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
काठमाडौं जिल्लाका ११ वटै स्थानिय तहमा संचालित बचत संचालित बचत ऋण सहकारी संस्थाहरु मार्फत २०८२ आषाढ मसान्त सम्म ८६४ संस्थाहरु सदस्य रहेको संघले १ अर्व ३८ करोड भन्दा बढी पुँजी परिचालन गरी आफ्ना सदस्य संस्थाहरुको वित्तिय समाधानको लागि प्रयासरत रहेको छ ।
सदस्यहरुसंग वित्तीय तथा गैर वित्तीय सेवा (बचत तथा ऋणको कारोबार) प्रदान गर्दै आईरहेको संघले नीतिगत पहल कदमी, सदस्य संस्थाहरुको क्षमता विकाकालागि नियमित तालिम र शिक्षा, विषयगत अन्तरक्रिया, रणनीतिक तथा वार्षिक योजना र नीति तथा कार्यविधि निर्माणमा प्राविधिक सहयोग गर्दै आईरहेको छ ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया