हाइलाइट

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे १८ करोड बढी

पोखरा रोयल सहकारीको जगेडा कोषमा साढे १८ करोड बढी :: Sahakari Akhabar

काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको जगेडा कोषमा साढे १८ करोड बढी पुगेको छ । संस्थाले प्रकाशन गरेको बैशाख महिनाको बित्तिय विवरण अनुसार जगेडा कोषमा १८ करोड ५२ लाख ३४ हजार ४३२ रुपैंयाँ रहेको जनाइएको छ । जगेडा कोष बलियो भएको संस्थालाई दिगो सहकारीका रुपमा हेरिने गरिएको छ ।

संस्थाले प्रकाशित गरेको बैशाख मसान्तको बित्तीय बिवरण अनुसार बिभिन्न कोषहरुमा १२ करोड ४५ लाख ९३ हजार ३८८ रुपैंयाँ रहेको जनाइएको छ । पछिल्लो बिवरण अनुसार संस्थामा शेयर पूँजी १९ करोड ९६ लाख ३२ हजार रुपैंयाँ, बचत संकलन १ अर्ब ८६ करोड १४ लाख १५ हजार ७३८ रुपैंयाँ र तरलता ६९ करोड ११ लाख ७३ हजार रुपैंयाँ रहेको जनाइएको छ ।

त्यसैगरी संस्थाले १ अर्ब ७६ करोड १६ लाख ५ हजार १२३ रुपैंयाँ ऋण लगानीमा रहेको र २ अर्ब ४९ करोड ५१ लाख ७० हजार ४५७ रुपैंयाँ कुल सम्पत्ती पुगेको जनाएको छ । संस्थामा ९ हजार ३१६ जना सदस्य मध्ये १ हजार ३६१ जना सदस्यले ऋण उपभोग गरेको जनाइएको छ ।



Leave a comment