हाइलाइट

इटहरीका २१ सहकारीले बुझाएनन् साधारण सभाको प्रतिवेदन (सूची सहित) 

इटहरीका २१ सहकारीले बुझाएनन् साधारण सभाको प्रतिवेदन (सूची सहित)  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र नियमानुसार साधारण सभा गरि साधारण सभा सम्पन्न भएको १५ दिन भित्र साधारण सभाको प्रतिवेदन नियामक निकायमा वुझाउनु पर्ने कानुनी व्यवस्था छ ।

तर कोशी प्रदेशको इटहरीमा रहेका २१ वटा सहकारीले साधारण सभा सम्पन्न गरेको प्रतिवेदन बुझाएका छैनन् । सहकारीहरुले साधारण सभाको प्रतिवेदन नबुझाएपछि इटहरी उपमहानगरपालिका सहकारी शाखाले सस्थाको नाम सर्वसर्निक गरेको छ ।

संस्थाहरुले आर्थिक वर्ष ०७९ / ०८० सम्मको वार्षिक प्रतिवेदन र साधारण सभाको प्रतिवेदन पेश नगरेको हुदा सूचना प्रकाशित गरिएको र सूचना प्रकाशन भएको १५ दिन भित्र उक्त प्रतिवेदन वुझाउन भनेको छ । प्रतिवेदन नवुझाएमा निष्कृय सहकारीको सूचिमा नामावलि प्रकाशन गर्ने जनाएको छ ।

प्रतिवेदन नबुझाउने सहकारीहरुः

सरस्वति कृषि सहकारी, राजमार्ग कृषि सहकारी, त्रिकोण कृषि सहकारी, पार्वति कृषि सहकारी, महक महिला कृषि सहकारी, हासपोसा महिला उपभोक्ता सहकारी, किसान हित वंगुरपालन सहकारी, प्रस्थान जडिवुटि सहकारी, सहकारी संस्था रहेका छन्।

त्यसैगरी आयाम वचत तथा ऋण सहकारी, महालक्ष्मी वचत तथा ऋण सहकारी, त्रिलोक वचत तथा ऋण सहकारी, छिन्ताङदेवि वचत तथा ऋण सहकारी, दियो वचत तथा ऋण सहकारीले पनि प्रतिवेदन बुझाएका छैनन् ।

त्यसैगरी मण्डलि वचत तथा ऋण सहकारी, हिमालि वचत तथा ऋण सहकारी, सत्यावति महिला वचत तथा ऋण सहकारी, वसुन्धरा वचत तथा ऋण सहकारी, महेश्वर वचत तथा ऋण सहकारी, स्वाधिन सूचना सञ्चार सहकारी, गितान्जलि वचत तथा ऋण सहकारी संस्थाले बार्षिक प्रतिवेदन बुझाएका छैनन् ।



Leave a comment