हाइलाइट

मिरा इआरपीको ५२ जिल्लामा सेवा बिस्तार

मिरा इआरपीको ५२ जिल्लामा सेवा बिस्तार :: Sahakari Akhabar

काठमाडौं । सहकारीकालागि सम्पूर्ण डिजिटल सेवा प्रदान गर्न तयार गरिएको मिरा इआरपीको सेवा ५२ जिल्लामा पुगेको छ । नियोसिस टेक्नोलोजी प्रालिले सहकारीहरुको लागि निर्माण गरेको मिरा इआरपी बजार विस्तारमा लगेको हो ।

सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार गरिएको मिरा इआरपी सफ्टवेयर न्यून शुल्कमा पूर्ण सेवा उपलब्ध भएकोले बजार विस्तार गर्न सफल भएको कम्पनिको भनाइ छ ।

निःशुल्क सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिंङ एप्लीकेसन, इबैंकिंङ, एसएमएस बैंकिंङ, बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको कम्पनिको दावी छ।

आइएसओ प्रमाणित कम्पनीको उत्पादन मिरा इआरपी एकमात्र ‘सास’ प्लेटफर्म भएको कम्पनीले बताएको छ । हाल १८१ सहकारी संघ संस्थाहरुमा मिरा इआरपीको प्रयोग भइरहेको र १० वटा केन्द्रीय संघ तथा जिल्ला बचत संघहरुले मिरा इआरपीको प्रयोग गरिरहेको जनाइएको छ ।

त्यसैगरी मिरा प्रयोग गर्ने सहकारी संस्थाहरुमा १ लाख ९१ हजार ८४२ सदस्यले उक्त प्लेटफर्म मार्फत सेवा लिइरहेका छन् । सहकारीकालागि उत्कृष्ट सफ्टवेयरको विकास गरेर बजारमा विक्री वितरण भएको ९ महिनामा उल्लेख्य प्रगति गरेको कम्पनीको दावी छ । मिरा इआरपी सहकारीलाई प्रविधिसंग जोड्ने सरल, सुरक्षित र साझा प्लेटफर्म रहेको कम्पनिको भनाई छ।



Leave a comment