काठमाडौं । सहकारी र बैंकलाई मोबाइल बैंकिंङसँग जोड्ने एम बैंक अब नयाँ ढंगले अघी बढ्ने संचालक तथा प्रबन्ध निर्देशक संजय महासेठले बताएका छन् । कम्पनि एकल स्वामित्वमा आएको र संचालनको आठ वर्ष पुगेको अवसरमा नयाँ ढंगले अघी बढ्ने संचालक महासेठले बताए । उनले पछिल्लो समय संस्थाको सेवाबारे बजारको अपेक्षा पनि बढेको बताए ।
बजारको अपेक्षालाई पुरा गर्न संस्थालाई पनि नयाँ ढंगले अगाडी बढाउनुपर्ने भएकाले यसको संचालन तथा व्यवस्थापनमा पनि परिवर्तन गरिएको महासेठले जानकारी दिए । समयको मागलाई सम्बोधन गर्नकै लागि एम बैंकको पूर्ण स्वामित्व लिएको बताउदै महासेठले आगामी दिनमा व्यवस्थापनलाई पनि थप चुस्त र दुरुस्त बनाईने बताए । स्वामित्वमा मात्रै नभई एम बैंकले दिंदै आएको सेवा सुविधामा नयाँ नयाँ फिचर पनि थपिएको महासेठले बताए ।
नयाँ वर्षमा हाम्रा सदस्य सहकारीहरुले मोबाइल बैङ्किङ्गको साथै नयाँ सेवा र फिचर पनि पाउनुहुनेछ उनले भने, “बैङ्किङ्ग क्षेत्र तुलनात्मक रुपमा पूर्ण रुपमा डिजिटाईजेसनमा गएको समयमा अर्थतन्त्रकै एउटा खम्बा मानिएको सहकारी पनि डिजिटलमैत्री हुनुको विकल्प छैन, हामि त्यो ’ग्याप’ पुरा गर्नेगरि काम गर्छौ।’
उनले सदस्य सहकारीलाई मोबाइल बैंकिंङसँग जोड्ने मात्र काम भएकाले यसलाई थप विस्तार गर्दै नयाँ सेवा सुविधा पनि थपेर अगाडी बढिने बताए । ईआरपी, भिडियो केवाईसी, लोन म्यानेजमेन्ट सिस्टमजस्ता नयाँ सुविधा थपेर एम बैंकलाई नयाँ ढंगले अगाडी लगिने महासेठले जनाए ।
उनका अनुसार अहिले नेपालमा डिजिटल साक्षरता बिस्तारै बढ्दै गरेको र एमबैक प्लेटफर्म लाई निरन्तर अपडेट गरि सोहि प्लेटफर्म मार्फत अत्याधुनिक सेवा सुबिधाहरु सुपथ मूल्यमा दिने उनको प्रतिबद्दता रहेको छ ।
सहकारीका सदस्यले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभी, रिचार्ज गर्ने त्यस्तै ईसेवा, खल्ती, सजिलो पे, प्रभु पे, आइएमई पे, माई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने जनाएको छ ।
त्यस्तै विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्ने, बस तथा हवाई टिकट, होटल बुक गर्न, क्यु आर भुक्तानी गर्ने, भिभिन्न सरकरी सेवाको पेमेन्ट गर्ने लगायतका सेवाहरु दिदै आएको एम बैंकले ६०० बढी सहकारी र सहकारीका सदस्यहरुलाई मोबाइल बैंकिङको सेवा दिएर देशैभर पुग्ने कम्पनीको योजना छ ।
Leave a comment