हाइलाइट

सहकारी बैंकमा साढे २५ अर्ब तरलता

सहकारी बैंकमा साढे २५ अर्ब तरलता :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा साढे २५ अर्ब भन्दा माथि तरलता रहेको छ । बैंकमा २५ अर्व ५८ करोड २१ लाख रुपैयाँ रहेको जनाएको हो।

बैंकले शनिवार नयाँ वर्ष २०८१ को शुभकामना सन्देश जारी गर्दै बैंकले वित्तीय जवाफदेहीता र पारदर्शिता राष्ट्रिय सहकारी बैंकको प्राथमिकतामा रहेकोले नियमित वित्तिय विवरण सार्वजनिक गरेको जनाएको छ ।

बैंकले जारी गरेको विवरण अनुसार समिक्षा अवधिमा बैंकको कुल संस्थागत पुँजी एक अर्ब ४७ करोड ३१ लाख, विभिन्न कोषको जम्मा रकम १७ करोड ९६ लाख र कुल सम्पत्ति ६७ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ रहेको जनाएको छ ।

राष्ट्रिय सहकारी बैंकले शनिवार सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार सहकारी बैंकमा ४३.२६ प्रतिशत तरलता, शेयर सदस्य १६ हजार २९३ तथा ऋणी सहकारी सदस्य २ हजार ८८२ रहेको जनाएको छ ।

त्यसैगरी शेयरपुँजी २ अर्ब ८० करोड, जगेडा कोषमा एक अर्ब ४ करोड ७३ लाख, कुल बचत ५९ अर्ब १३ करोड ५३ लाख, ऋण लगानी २८ अर्ब ७६ करोड २१ लाख रुपैयाँ रहेको जनाएको छ ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक” भन्ने मूल लक्ष्यका साथ अघि बढेको राष्ट्रिय सहकारी बैंकले “वित्तीय जवाफदेहीता र पारदर्शिता आफ्नो पहिलो प्राथमिकता भएको जनाएको छ ।

बैंकले नियामकीय अनुपालना, वित्तीय जबाफदेहिता, पारदर्शिता, निष्पक्षता, बचतकर्ताको निक्षेप सुरक्षण तथा सुरक्षित कर्जा लगानी र अन्र्तनिहित जोखिम व्यवस्थापन लाई प्राथमिकतामा राखी कार्यसम्पादन गरेको बताएको छ ।

नेपाल राष्ट्र बैंकले हरेक महिना तोकिएको मापदण्ड बमोजिम पेस भएको तथ्याङ्कका आधारमा गैर–स्थलगत निरीक्षण गर्नुको साथै नियमित रूपमा स्थलगत सघन अनुगमन गर्दै आएको भन्दै वर्ष २०८० मा सहकारी विभाग र राष्ट्र बैंकबाट संयुक्त रूपमा स्थलगत अनुगमन भएको र वर्ष २०८० सहकारी अभियान तथा बैंकका लागि चुनौतीपूर्ण वर्षको रूपमा रहेको उल्लेख  गरेको छ ।

राष्ट्रिय सहकारी महासंघले गठन गरेको अनुगमन टोली, बैंकको लेखा सुपरिवेक्षण समिति, आन्तरिक लेखा परीक्षक र बाह्य लेखा परीक्षकबाट समेत बैंककोे नियमित अनुगमन तथा निरीक्षण हुँदै आएको उल्लेख गरेको हो ।

बाह्य अर्थतन्त्रमा देखा परेको संकटका कारणले सहकारी क्षेत्रमा अत्यधिक दबाब पर्न जाँदा सहकारी अभियानले विश्वास आर्जनका लागि कठिन अवस्थामा भए पनि आफनो सदस्यलाई दिने सेवामा कुनै कमि नराखेको बताइएको छ ।

सहकारी विभाग र नेपाल राष्ट्र बैंक सहितको नियमनमा रही नियमनकारी निकायले तोकेका नियामकिय निर्देशन तथा सघन अनुगमनका निर्देशनहरु पूर्ण रूपमा पालना गर्दै संस्थागत सुशासन कायम गर्ने सवालमा बैंकले शून्य सहनशीलताको नीति अङ्गीकार गरेको सन्देशमा भनिएको छ । त्यसैगरी बैंकको वित्तीय सूचक सन्तोषजनक रहेको जनाएको छ ।



Leave a comment