काठमाडौं । अब कुनै झन्झट बिना एम बैंकले सहकारीमा पैसा ट्रान्सफर हुने ब्यवस्था मिलाएको छ । एम बैंकको मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने सहकारीहरुमा कनेक्ट आइपिएस मार्फत सहजै पैसा ट्रान्सफर हुने भएको हो। अव एम बैंक प्लेटफर्म प्रयोग गर्ने सहकारीका सदस्यहरुले सजिलै एक अर्काको खातामा रियल टाइममा नै पैसा पठाउन सक्नेछन ।
यसको लागि कनेक्ट आइपिएस मार्फत पैसा पठाउनु पर्नेछ र बैंकको खाता आइपिएसमा लिंक हुन्छ अनि आइपिएस मार्फत बैंक बाट सहकारीको सदस्यको खातामा सिधै पैसा ट्रान्सफर गर्न सकिने छ । यो सेवा नेपालमै पहिलो नभएपनि एमबैंकले ल्याएको प्रभावकारी सेवा भएको र यो सेवाबाट सहकारीमा नगद प्रवाह बढ्ने संचालक संजय महासेठले बताएका छन् ।
Leave a comment