हाइलाइट

हिमाली ब्राह्रमी महिला साकोसको ३३ औ साधारणसभा सम्पन्न

हिमाली ब्राह्रमी महिला साकोसको ३३ औ साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । भरतपुर चितवनमा रहेको हिमाली ब्राह्रमी महिला बचत तथा ऋण सहकारी संस्थाको ३३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कात्तिक ३० गते जिल्ला सहकारी संघ चितवनको सभाहलमा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष मिना कुमारी ढकालको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ चितवन अध्यक्ष शरद बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो । सभामा बागमती प्रोस्कून सञ्चालक सदस्य भवानी देवी अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला, सस्थाका पूर्व अध्यक्ष राधा पौडेल, सल्लाहकारहरूको आतिथ्यता रहेको थियो ।

साथै संस्थाका लेखा संयोजक गिता केसी तथा सदस्य, विभिन्न उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सचिव मेनुका मल्ल हमालले संचालन गरेकी थिइन । सभामा चिट्ठाको पनि ब्यवस्था गरिएकोले ५ जना शेयर सदस्यहरु लाई गोलाप्रथा बाट कुपन छनोट गरी पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा प्रेम कुमारी न्यौपाने, रमा शर्मा आचार्य, सुजता श्रेष्ठ, हिमाला आले, र भावना पौडेल लामिछाने पुरस्कृत भएका थिए ।



प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

तपाईंको प्रतिक्रिया

0/2000