काठमाडौं । बूढानीलकण्ठ नगरपालिका १२ कपनमा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न साधरण सभाको प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका १२ का अध्यक्ष शम्भुप्रसाद भट्टराई र अतिथिहरु विभिन्न छिमेकी सहकारी संस्थाका अध्यक्षहरु रहेका थिए ।
उपाध्यक्ष बिष्णुप्रसाद भट्टराईले स्वागत मन्तब्य राखेको सभामा संस्थाका सचिव रामबाबु नेपालले सभा संचालन गरेका थिए । साधारण सभाले शेयर पूजी २ करोड २६ लाख १६ हजार ४ सय रुपैंयाँ, कुल निक्षेप २० करोड १८ लाख ५२ हजार रुपैंयाँ रहेको जनाइएको छ । त्यसैगरी संस्थाले उक्त आवमा १५ करोड ३९ लाख ५५ हजार रुपैंयाँ ऋण लगानी गरेको र संस्थाको कुल सम्पति २३ करोड १० लाख ३९ हजार रुपैंयाँ पुगेको सभामा जानकारी दिइएको थियो ।
साधारणसभामा प्रस्तुत लेखापरीक्षण प्रतिवेदन, अन्य बार्षिक प्रतिवेदनहरु छलफल पश्चात पारित गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत शंकरप्रसाद आचार्यले वित्तीय प्रतिवेदन उपर उठेका जिज्ञासाहरुलाई प्रष्ट पार्दै सदस्यहरुमा संस्थाका बिबिध गतिबिधिका बारेमा समेत आफ्ना भनाइहरु राखेका थिए । संस्था समुदायमा आधारित भएको हुनाले ढुक्कसंग कारोवार गर्न सदस्यहरुलाइ उत्पेरित गर्नुको साथै संस्थाका वित्तिय सूचाकहरु सन्तोषजनक रहेको बक्ताहरुको भनाइ थियो ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया