सहकारी अभियान र लोकतन्त्र परिपुरक भएकोले लोकतन्त्र कमजोर पारेर अभियान बलियो बन्दैन । सहकारी अभियान आज अपराधिक समुहको चंगुलमा फसेको छ । सहकारीको सिद्धान्त लोकतन्त्र कमजोर बनाईको छ ।
आपराधिक मानसिकता भएको निश्चित समुहले समाजिक सञ्जालमा भएका विचार विमर्शलाई निश्तेज पार्न सक्रिय भएको छ । समग्रमा सहकारी अभियान आज कमजोर भएको छ । संविधान प्रदत्त स्वतन्त्रता र प्रेस स्वतन्त्रता जस्ता हकहरुमा कुठाराघात भएको छ।
स्वच्छ बहस सहकारी क्षेत्रमा निषेध गरिएको छ । जसरी पनि संधै पद चाहिने समुहले आज साम, दाम, दण्ड, भेद सबै नीतिहरुको उपयोग गरी फरक विचारधारालाई निमोठी रहेको छ । सहकारी अभियानको जिम्मा लिएका भन्नेहरु शब्द विहिन भएर बसेकोले आज सहकारी अभियान अभियानमैत्री बन्न सकेको छैन ।
निश्चित समुहले निश्चित उद्देश्यलाई आधार मानेर अमुक व्याक्ति जो कोहीलाई पनि नेतृत्वमा स्थापित गर्ने होडले गर्दा अभियान प्रतिको समर्पण भाव भन्दा कसैप्रतिको आस्थाको भाव बढी देखिन गएको र सहकारी अभियान कमजोर बनेको प्रमाणित भएको छ ।
सहकारी अभियानमा फरक विचार राख्नेलाई विभेद गरिएको छ र सहकारी अभियान फरक विचार राख्नेहरुको लागि नेपालमा लोकतन्त्र नआएको क्षेत्रको रुपमा स्थापित भएको छ ।
नितान्त चुनावी स्वार्थका लागि छद्मभेषी समुहले नेफ्स्कूनको आगामी निर्वाचनमा अध्यक्ष पदको उमेद्वार म चन्द्र प्रसाद ढकालको फोटो आउने सबै संचार माध्यामका समाचारहरु शेयर गर्न नमिल्ने बनाउने प्रपञ्च गरेको छ ।
जसले गर्दा संघको आधिकारिक सञ्चार माध्यम साकोस आवाजमा आएका संघका सूचना र समाचारहरु समेत समाजिक सञ्जालहरुमा पोष्ट नहुने भएकोछ ।
हामीलाई थाहा छ प्राबिधिक रुपमा छेकेर अबको सहकारी अभियान छेकिंदैन र रोकेर वा निषेध गरेर अबको सहकारी अभियान रोकिंदैन तर आज जुन हर्कत पद प्राप्तिको लागि गरिदैछ त्यो लोकतन्त्र र सहकारीको सिद्धान्त विपरित छ।
अभियानका सहकारीकर्मीहरुले सचेत हुने समय आएको छ । अमूक विचार समुहको दासको रुपमा अभियान रहने कि लोकतन्त्रको जगको रुपमा विकास गर्ने यो तपाईंहरुको सोचमा निर्भर रहनेछ ।
सहकारी अभियानको काम गर्ने हो । सहकारी अभियानको दिगो पनाको लागि काम गर्ने हो । हामीलाई थाहा छ आज बचत तथा ऋण सहकारी अभियान वित्तीय सहकारी ऐन पर्खेर बसेको छ । स्तरीय स्व नियमन सुनिश्चित गर्ने अभियानकै सुपरिवेक्षण खोजेको छ ।
संघमा आबद्ध सबैले क्षमता विकासका कार्यक्रमहरुको अपेक्षा केन्द्रीय संघसंग राखेको छ । संख्या घटाउने नाममा होइन सेवा र सञ्चालन स्तरीयताका लागि एकिकरण अभियान स्वीकार गरी अघि बढ्न आतुर छ ।
नेफ्स्कूनको आफ्नै भवन, कार्यालय वा अन्य व्यवस्था भन्दा आज अभियानले केन्द्रीय संघको संरक्षण खोजेको छ । खुलेर आफ्नो भन्न सकिने केन्द्रीय संघ अभियानलाइ चाहिएको छ, जसले राज्यसंग अभियानको समस्यामा पैरवी गरी समाधान दिन सकोस् ।
पदमा रहे पनि नरहे पनि अभियानका सबै समस्या समाधानमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकारी अभियानमा लोकतन्त्र मास्न लागेकाहरु चिनेर अभियान संरक्षणमा लाग्न सहकारी अभियानलाई हार्दिक अपील गर्न चाहन्छ ।
Leave a comment