काठमाडौं । जिल्ला सहकारी संघ ललितपुर र गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था बिच सम्झौता भएको छ । सम्झौतामा गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्थाबाट संचालित गणेशमान हस्पिटलले जिल्ला सहकारी संघमा आबद्ध सञ्चालक, सदस्य तथा कर्मचारी एवं निजका एकाघरका सदस्यहरूलाई स्वास्थ्य उपचार सेवामा सहुलियत प्रदान गर्ने जनाएको छ ।
सम्झौता अनुसार सहुलियत उपचार कार्ड प्राप्त व्यक्तिहरूलाई गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपलब्ध उपचार तथा स्वास्थ्य सेवामा अधिकतम २० प्रतिशतसम्म र फार्मेसीबाट खरिद गरिने औषधिमा १० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यवस्था गरिएको संघका अध्यक्ष जगतलाल महर्जनले जनाएका छन् । यस सम्झौताले सहकारी क्षेत्रमा आबद्ध सदस्य तथा परिवारको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको अध्यक्ष महर्जनले जनाए।
Leave a comment