भूकम्पमापरि ज्यान गुमाएका तथा घरबार विहिन परिवारका लागि साना किसान कृषि सहकारी संस्था, डुमरवानाले २ लाख ७१ हजार ८५ रुपैंयाको राहत वितरण गरेको छ । त्यस्तै संस्थाले सदस्यलाई पर्ने समस्या र पीडामा राहत दिनको लागि ‘सदस्य स्वास्थ्य तथा प्राकृतिक प्रकोप राहतकोष’ को स्थापना गरेको छ । सदस्यहरु प्राकृतिक प्रकोप र स्वास्थ्य समस्याबाट पिडित भएको अवस्थामा उद्धार गर्ने हेतुले ५ लाख बराबरको उक्त राहत कोष स्थापना गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।
कोषको बृद्धिकालागि प्रत्येक सदस्यहरुबाट एक सय, संचालक, लेखा, कर्मचारी सबैबाट एकरएक दिनको बैठक भत्ता, पारिश्रमिक तथा तलब बरावरको रकम सहयोगको लागि आग्रह गरिएको उनले बताए । कोषलाई १५ लाखको पुर्याउने र विउ पूँजीबाट कहिल्यै पनि घट्न नदिने लक्ष्य राखिएको अध्यक्ष न्यौपानेले बताए ।
हाइलाइट
- सहकारीकर्मीको बिरोधपछि प्राधिकरणले सच्यायो पदाधिकारीको शैशिक योग्यताको विषय
- शुभकामना साकोसको २६ औ वार्षिक साभारण सभा सम्पन्न
- जिल्ला सहकारी संघ र गणेशमान हस्पिटल बिच सम्झौता
- मध्य नेपाल साकोसको ७ औं वार्षिक साधारणसभा अन्तर्गत इकाई १ को सभा सम्पन्न
- तस्वीर आफै नबोल्दा
- सयपत्री साकोसको २६औं साधारण सभा सम्पन्न साढे ७ प्रतिशत लाभांश पारित
- सगुन साकोसको २७औँ वार्षिक साधारणसभा सम्पन्न
- स्वतन्त्र भूतपूर्व सैनिक साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न
- मिलिजुली कालिञ्चोक साकोसको काठमाडौ इकाइको साधारण सभाको मिति परिवर्तन
- बिन्धवासिनी साकोसको साधारण सभा स्थगित
Leave a comment