सातै प्रदेशमा एकैदिन सहकारी बैंकको साधारणसभा 

सातै प्रदेशमा एकैदिन सहकारी बैंकको साधारणसभा  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले १९ औं वार्षिक साधारण सातै प्रदेशमा एकैदिन गर्ने भएको । शुक्रवार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले पुस १६ गते शनिवार एकाइगत रुपमा गर्ने निर्णय भएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।

सहकारी संघ÷संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा हुने साधारणसभा बिहान भर्चुअल रुपमा साधारणसभाको शुरुवात गर्ने, प्रदेश स्तरीय एकाई सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरुले प्रस्तावहरु पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइने तयारी गरिएको छ । 

प्रदेश नं। १ को विराटगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा हुने र एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा पुस १८ गते काठमाडौँमा गर्ने निर्णय भएको छ ।

साधारणसभाले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको चयन समेत गर्ने भएकाले चासोका साथ हेरिएको छ । सभामा २०७९ मङ्सिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ÷संस्थाका एक एक जना प्रतिनिधिहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।
 



Leave a comment