अनलाईनबाटै सहकारीको सदस्य बन्न सकिने 

अनलाईनबाटै सहकारीको सदस्य बन्न सकिने  :: Sahakari Akhabar

काठमाण्डौँ । अब घरमै बसी बसी अनलाईनबाट सहकारी संस्थाको सदस्य बन्न सकिने सुबिधा आएको छ । सहकारीमा नयाँ खाता खोल्ने तथा आफ्नो केवाइएम( नो योर मेम्बर) अपडेट गर्न सकिने भएको छ । प्रिमियम टेक्नोलोजी प्रालिले सहकारीका लागि यो सुबिधा ल्याएको हो ।

कम्पनीले प्रिमियम सिबिएस चलाउने सहकारी संस्थाका सदस्यहरूले अनलाईनबाटै नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम ( केवाइएम ) विवरणहरू अपडेट गर्न सकिने कम्पनीका सिइओ (प्रमुख कार्यकारी अधिकृत) मोहन बनले जनाएका छन् ।

वेबसाइट/ मोबाइल एप मार्फत अनलाइन नयाँ सदस्य खाता खोल्ने तथा खाता खोलिसकेका सदस्यहरूले पनि यो प्रबिधि प्रयोग गरेर आफ्नो केवाइएम विवरण सजिलै अपडेट गर्न सक्ने  भएको छ।

सहकारी क्षेत्रमै पहिलो पटक अनलाईनबाटै खाता खोलि रिअल टाइम खाता नम्बर प्राप्त गर्न सकिने सुबिधा रहेको सिइओ बनले दावी गरे । नेपाल भर ३०० भन्दा बढी सहकारी संस्थाहरुले प्रयोग गर्दै आएको यो सुबिधा निः शुल्क सहकारीले प्रयोग गर्न सक्ने बनले बताए।



Leave a comment