काठमाडौं । दशै, तिहार र छठ पर्वको अवसर परेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको लक्की ड्रका विजेताले १ तोला सुन र स्कुटर प्राप्त गरेका छन ।
स्टोरले सोमबार एभिन्युज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर विजेताको घोषणा गरेको हो । जस अन्तर्गत लक्की ड्र बिजेता राजाराम खड्काले १ तोला सुन र अभय गौतमले प्लेजर स्कुटर प्राप्त गरेका हुन् । भक्तपुरको कौशलटारमा मुख्यकार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले उपभोक्तालाई सर्वसुलभ रुपमा एउटै छानामुनि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ ।
संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौतमका अनुसार स्टोरले ५ हजार र ८ हजार रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्ताहरूलाई यो लक्की ड्रमा सहभागि गराएको थियो । संस्थाले डडेलधुरा, भक्तपुर र दाङको तुल्सिपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ । निकट भविष्यमै मुलुककाविभिन्नक्षेत्रमाकरिव २ सयको हाराहारीमा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको मुख्य प्रबन्धक गौतमले जानकारी दिए ।
Leave a comment